काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मुल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो। बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij