२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईपिओ निष्काशन हुनुपर्छ तर ठगेर बदनाम गराउनु हुँदैनः कांग्रेस प्रमुख सचेतक घिमिरे

आईपिओ निष्काशन हुनुपर्छ तर ठगेर बदनाम गराउनु हुँदैनः कांग्रेस प्रमुख सचेतक घिमिरे

750
Shares

 

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए। सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए। उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए। ‘निजी क्षेत्र भनेको जनता हो। निजी क्षेत्रलाई प्रवद्र्धन गर्न नेपाली कांग्रेसले सहयोग गर्छ,’ उनले भने,‘तर नियत नै ठगीको राखेर सेयर निष्काशन गर्नु हुँदैन नियमन हुनुपर्छ।’ प्राथमिक सेयर निष्काशनको अवधारण राम्रो रहेको छ। सर्वसाधरणले लगानी गर्न पाउँछन्। थप आयोजना निर्माण हुने घिमिरे बताउँछन्। ‘आईपिओ निष्काशन हुनुपर्छ। सर्वसाधरणले लगानी गर्छन्,’ उनले भने,‘तर ठगिखाने भाँडो बनाएर आईपिओमै बदनाम गराउनु हुँदैन।यसले आईपिओमै लगानी आउँदैन।’ नेपालले सौर्य उर्जालाई प्राथमिकता दिएर जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij