२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लिदा १० अर्ब ४ करोडको कारोबार

नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लिदा १० अर्ब ४ करोडको कारोबार

1.3K
Shares

काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८७ अकंले बढेर २७२७.९१ बिन्दुमा कायम भएको छ। आज ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

साथै आज, १० उपसूचकमा हरियाली आएको छ। आज फाइनान्स समूहको ०.८४ प्रतिशत, हाइड्रोपावर समूहको ०.१५ प्रतिशत र व्यापार समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेका बैंकिङ सेक्टर २.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढेको हो । बजार बढ्दा १६६ कम्पनीको शेयरमुल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij