काठमाडौं – साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से परिसूचक १९.५६ अंकले बढेर २,६९८ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । ४ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।
१३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij