२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो । तर, सो शेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन नपरेपछि बैंकले अहिले भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

शेयर किन्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्साल स्थित शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij