२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से साताको अन्तिम दिन ओरालो लाग्यो, ७ अर्ब ९२ करोडको कारोबार

नेप्से साताको अन्तिम दिन ओरालो लाग्यो, ७ अर्ब ९२ करोडको कारोबार

820
Shares

काठमाडौं-  आज साताको अन्तिम दिन  बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अकंले घटेर २६७८.४७ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समूहको ०.९५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेकोछ । आज फाइनान्स समूहको १.८८ प्रतिशतले शेयर मुल्य बढेको छ ।

बिहिबार ७६ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।   यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज एनआरएनको सर्वाधिक ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij