२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तारागाउँ रिजेन्सी होटलको नाफा बढ्यो

तारागाउँ रिजेन्सी होटलको नाफा बढ्यो

860
Shares

काठमाडौं –  तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ३.८२ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.२९ प्रतिशत बढेको छ।

१ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ सञ्चित छ। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ पैसा घटेर १९ रुपैयाँ ४ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२५ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij