२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिल्ममा महिला शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फिल्ममा महिला शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

1.2K
Shares

काठमाडौं – ग्लोबल फिल्म डेको अवसरमा मंगलबार राजधानीमा फिल्ममा महिला शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्स्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक रक्षा सिंह राणा, निर्देशक एवं कोरियोग्राफर रेनेशा वान्तवा राई र नेपालकै एकमात्र महिला फिल्म वितरक जेनिश पहारी वक्ता थिए। ग्लोबल कम्याक्ट नेपालका कार्यकारी निर्देशक कृष्ण शाहको सहजीकरणमा सम्पन्न कार्यक्रममा एसियाककै पहिलो महिला टेम्पो चालक, उद्योगपती एवम समाजसेवी लक्ष्मी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। अभिनेत्री बसुन्धरा भूसाल आफ्नो पहिलो फिल्म आमादेखि पछिल्लो बेहुली फ्रम मेघौलीसम्म आउदाका चुनौती र अवसरबारे खुलिन्। ‘मैले पहिलो फिल्म नै कलकत्तामा गएर शुटिङ गर्ने मौका पाए“ र त्यहाको स्टुडीयोमा हिन्दी फिल्मका कलाकारहरुको अभिनय देखेर पनि अभिनयबारे केहि बुझ्ने मौका पाए“। फिल्म क्षेत्रमा काम गर्दा घर परिवार र समाजकै आलोचनाको पात्र बन्न पुगे“। आमाले निकै पिट्नुभयो। बाटोमा हिङ्दा पनि मानिसहरु नक्कली भनेर जिस्काउ“थे तर पछि थाहा पाए त्यो त दर्शकहरुले प्रशंसा गर्नू भएको रहेछ’ भुषालले सुनाइन् ‘समयस“गै फिल्म क्षेत्रप्रति मानिसहरुको दृष्टिकोण परिवर्तन भएको छ। हामीले आफू बिक्ने भन्दा पनि आफ्नो काम बिकाउने हो।’ बसुन्धराले आफ्नो सुरुवाती दिनमा भन्दा अहिले पारिश्रमीकमा कटौती गर्न थालिएको खुलाइन्। ‘मैले हास्य कलाकारको रुपमा अभिनय सुरु गरेको त्यो बेला सरकारी तवरबाटै फिल्म बन्ने भएकाले रोल नुसार राम्रो परिश्रमीक दिइन्थ्यो। जब प्राईभेट सेक्टरबाट फिल्म बन्न थाले, निर्माताहरुले पारिश्रमीकमा बार्गेनिङ गर्न थाल्नुभयो। कतिपय फिल्ममा त मैले पारिश्रमिक यस्तो कम दिने भए बरु आमाको रोल नै नराख्नु पनि भनेकी छु’ उनले भनिन्।
सम्पादक तथा निर्देशक रक्षा सिंह राणाले फिल्म क्षेत्रमा महिलाका लागि निकै अवसर रहेको र त्यसको लागि आफ्नो क्षमता चिनेर र मेहनतका साथ अघि बढ्नुपर्ने बताईन्। ‘नेपालमा विद्यालयमा कम्प्युटर शिक्षा सुरु हु“दाको पहिलो ब्याच म थिए“। मलाई क्म्प्युटरमा रुचि भएकाले फिल्म एडिटीङतिर गए“। मैले कुनै बेला १८ घण्टासम्म काम गरेको छु’ रक्षाले आफ्नो करिअरको एक घटना सम्झदै भनिन् ‘एउटा एक्शन फिल्म सम्पादन गर्दै थिए“। नाम चलेकै द्धन्द निर्देशक आउनुभयो र नेवारीमा महिला सम्पादकले हुदैन सम्पादक चेन्ज गर्नु प¥र्यो भन्नु भयो। मैले यो मेरो प्रोजेक्ट हो, मै गर्छु भनेर अडान लिए“। पछि उहा“ले बाहिर गएर रक्षाले राम्रो काम गर्दो रहेछ कसैको सम्पादनको काम छ भने उसंग गराउनु भन्नु भएछ।’ कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राइले आफूले कक्षा १२ पछि कलिलै उमेरमा नृत्य निर्देशन यात्रा तय गरेको र करिव डेढ दशकको करिअरमा आफ्नो मेहनत र सिकाईले फिल्म निर्देशनमा समेत काम गरेको बतँइन्। ‘म जति बेला म्युजिक भिडियो कोरियोग्राफीमा आए“, त्यति बेला टिममा सबैजना पुरुष हुन्थे। मैले एक्शन भन्दा पनि नसुने जस्तो गर्थे। म सानो भएकोेले टेदैन थिए। त्यसैले आफू बोल्ड देखिन त्यस्तै पहिरन र मेक अप अनि त्यस्तै बोल्ड व्यवाहर गर्थे’ उनले सल्लाह दिइन् ‘अहिलेका भाईबहिनी मलाई सबै कुरा आउ“छ भन्ने सोच राख्नुहुन्छ। तर फिल्म क्षेत्रमा सिक्नुपर्ने धेरै कुरा हुन्छन्। मोबाइलबाट भिडियो खिचेर एडिट गरेर सामाजिक सञ्जालमा हालेको जस्तो सजिलो पनि छैन फिल्म क्षेत्र।’
त्यस्तै फिल्म वितरक जेनिश पहारीले फिल्म वितरणका विभिन्न चरणबारे जानकारी दिदै फिल्म क्षेत्रमा वितरकको चुनौती र अवसरबारे बताइन्। ‘यहाँ विभिन्न खालका चुनौती छन् र काम गर्दै जाँदा आउने समस्यालाई कसरी पार गर्ने भन्नेबारे पहिले नै सोच्नुपर्छ। फिल्मका अन्य विधामा महिलाहरुको बाक्लो उपस्थिती रहे पनि वितरणमा त्यस्तो तैन। त्यसैले मिटिङहरुमा पनि म प्राय एक्लै हुन्छु। तर पनि म आफ््नो उदेश्यअनुरुप काम गर्दै आएकी छु’ उनको भनाई थियो। जेनिशले अहिले पनि फिल्म क्षेत्रमा महिला नजाओस भन्ने समाज र घर परिवारको मान्यता रहेको र त्यसलाई हटाउनुपर्ने बताईन्।
विभिन्न स्कुल र कलेजका विद्यार्थी तथा फिल्मकर्मी र व्यवसायीको संलग्नतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बटरप्mलाई फिल्म्स्का अध्यक्ष सिर्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij