काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्ता शेयर खरिका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।
काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ९ गतेसम्म तोकिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij