२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘रारा रिसोर्ट’ को शिलान्यास, साढे १ अर्ब लगानी

‘रारा रिसोर्ट’ को शिलान्यास, साढे १ अर्ब लगानी

1K
Shares

काठमाडौं- मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डिजिटल माध्यमबाट रिसोर्टको शिलान्यास गरेका हुन्।

समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ।

दुई वर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिने सञ्चालक अभिषेक विक्रम शाहले बताए।

शाहले रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij