काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा तुलनात्मक रुपमा उल्लेख्य गिरावट आएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.७२ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। इन्स्योरेन्सको कुल आम्दानी र गरिएको लगानीबाट हुने आम्दानीमा गिरावट आउदा नाफामा दवाव परेको हो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १०.६५ प्रतिशत बढेको छ भने कुल आम्दानी ४७.९३ प्रतिशत घटेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २३ करोड २४ लाख रुपैयाँ भएको छ । इन्स्योरेन्सको कुल खर्च १७.३० प्रतिशतले बढेर ४३ करोड २८ रुपैयाँ भएको छ ।
एक अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा एक अर्ब ३७ करोड रुपैयाँ, महाविपत्ती जगेडामा ९ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७७ लाख रुपैयाँ रहेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि गिरावट आएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसामा सिमित भएको हो । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३७ पैसा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij