काठमाडौं – सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म ३० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १४.६८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन नाफा पनि १६.६० प्रतिशतले बढेर ३७ करोड कायम भएको छ ।
गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ५ करोड आम्दानी गरेकोमा अहिले बढेर १ अर्ब २१ करोड पुगेको छ । ९२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २५ पैसा तथा प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ०४ पैसा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij