२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माण्डु हाइड्रोपावरको नाफा घट्यो

माण्डु हाइड्रोपावरको नाफा घट्यो

705
Shares

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४.९७ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी घटेर २० करोड ४७ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्री गरेर ४१ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ५ लाख जम्मा रहेको छ । वित्तीय खर्च भने १२ करोड ९ लाखबाट घटेर ८ करोड १८ लाख रुपैयाँमा झरेको छ । इपीएस २३.७७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४६.९८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij