२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा बढ्यो

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा बढ्यो

1.5K
Shares

काठमाडौं – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९७.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९९.९८ प्रतिशत बढेर ३८ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३४.८८ प्रतिशत र कुल आम्दानी ३४.३९ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १८.७६ प्रतिशत बढेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ३ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ४ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५७.५२ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij