२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा सामान्य सुधार, ७ अर्ब २४ करोडको कारोबार

शेयर बजारमा सामान्य सुधार, ७ अर्ब २४ करोडको कारोबार

1.4K
Shares

काठमाडौं – साताको तेस्रो कारोबारका दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको छ । आज २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर किनेबच हुँदा ७ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।

यसदिन पाँच वटा उपसूचकमा हरियाली आएको छ भने ८ उपसूचक राताम्य भएका छन् । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढेको छ। हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे। व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घटेको छ। अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटेको छ ।

मंगलबार १३४ कम्पनीको शेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ ।  ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज सीएचडीसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij