काठमाडौं – बुटवल पावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८.७२ प्रतिशतले बढेर १९ करोड ३८ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि सामान्य वृद्धि भएको छ ।
१ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १.२२ प्रतिशतले बढेर ४१ करोड ८९ लाख रुपैयाँ ६७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ११ पैसा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij