२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इमर्जिङ्ग नेपालको नाफा ३७.२५ प्रतिशत बढ्यो

इमर्जिङ्ग नेपालको नाफा ३७.२५ प्रतिशत बढ्यो

620
Shares

काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ लाख ८२ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड २६ लाख रुपैयाँ सञ्चित छ। सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ३७.२५ प्रतिशत बढेर ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीके अन्य स्रोतबाट हुने आम्दानी ६०.३१ प्रतिशत घटेको छ भने कुल खर्च २८.६६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२ पैसा बढेर ३ रुपैयाँ ३८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५५.०७ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij