२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एलआईसी नेपालको नाफा १४ करोड १८ लाख

एलआईसी नेपालको नाफा १४ करोड १८ लाख

740
Shares

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १४ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३.८१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ५८ करोड ५२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ५७ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५१ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २७ अर्ब २७ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १२.१७ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.२० प्रतिशतले वृद्धि भएको हो।

शेयरपुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.६९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १०.३० रुपैयाँ थियो। पीई रेसियो १९७.८३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४२.४६ रुपैयाँ रहेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ९ अर्ब ४० करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.०५ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij