२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिशूली जलविद्युतको नोक्सानी घट्यो

त्रिशूली जलविद्युतको नोक्सानी घट्यो

425
Shares
काठमाडौं –  त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी १ करोड ८६ लाख रुपैयाँ घाटामा थियो । गत वर्षको तुलनामा नोक्सानी कम भएको हो ।
अन्य आम्दानी बढेसँगै नोक्सानी कम भएको हो । उक्त आम्दानी ३५ हजारबाट बढेर १ करोड २३ लाख पुगेको छ । यसले हालसम्म विद्युत उत्पादन सुरु गरेको छैन । १ अर्ब ७८ करोड ९१ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ ।  इपीएस ०.४५ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ८७.३६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij