काठमाडौं – आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल नियुक्त भएका छन्।
विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आगन र परिवारसम्मै पुर्याउन मद्दत गर्नेछन्।
नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्याएका नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने छ।
कामको बाध्यता होइन कामको हुटहुटीले पनि बिदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साइग्रेसको आवाजमा मिसिएको कथाले ब्यक्त गर्ने कम्पनीको बुझाइ छ।
साइग्रेसले आफ्नो आवाज दिएका आइएमइका सामग्रीहरूलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्राम लगायतमा सञ्जालहरूमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij