काठमाडौं – एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सम्झौतामा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।
कम्पनिले प्रति शेयर अंकित मुल्य रु.१०० दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु.२०,८०,००,०००÷– (अक्षरुपी वीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ ।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij