काठमाडौं – साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अकंले घटेर २६७७.३२ बिन्दुमा आइपुगेको छ । आज ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, फाइनान्स समूहको १.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनिको भने शेयर मुल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै एनआरएमको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij