२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिप्रोक्स लघुवित्तको नाफा शतप्रतिशत बढ्यो

डिप्रोक्स लघुवित्तको नाफा शतप्रतिशत बढ्यो

1.5K
Shares

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.१४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५३.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.९२ प्रतिशत बढेको छ।दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४२ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५९ पैसा रहेको छ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ।  नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १६ पैसा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.२६ गुणा रहेको छ। लघुवित्तले पुस मसान्तसम्ममा २१ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २४ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij