२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोलुङ्ग हाइड्रोपावरको नाफामा सुधार

मोलुङ्ग हाइड्रोपावरको नाफामा सुधार

1.3K
Shares

काठमाडौं – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३.४० प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड २५ लाखबाट घटेर १० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । वित्तीय खर्च ३ करोड ६१ लाखबाट घटेर २ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार आएको हो । ८० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १४ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ५.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८१.६७ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij