२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको संस्थापक शेयर बिक्रीमा

रिलायन्स फाइनान्सको संस्थापक शेयर बिक्रीमा

1.3K
Shares

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । यद्यपि, बिक्रीमा राखिएको शेयर संख्या र मूल्य भने खुलाइएको छैन ।

यो शेयर हाल कम्पनीकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित के कति शेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij