काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अकंले घटेर २६८८.३१ बिन्दुमा कायम भएको छ । ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा समूह घटेको छ। आइतबार बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, होटल तथा पर्यटन समहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ।
आज ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij