२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरको खुद नाफा घट्यो

पिपुल्स पावरको खुद नाफा घट्यो

1K
Shares
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पिपुल्स पावर लिमिटेडको खुद नाफा ४२.७९ प्रतिशतले घटेर ८३ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ४५ लाख ४१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको खुद नाफा पनि घटेको हो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी ६६ प्रतिशतले घटेर २ करोड १७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ६ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाा ३१ प्ैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ४३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij