२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालका बैंक तथा वित्तीय क्षेत्र माथि अराजक तथा गलत भ्रम फैलाउनेहरूमाथि कारबाही गर्न माग

नेपालका बैंक तथा वित्तीय क्षेत्र माथि अराजक तथा गलत भ्रम फैलाउनेहरूमाथि कारबाही गर्न माग

985
Shares

काठमाडौं –  वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स (एनबीए), विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर अराजक तथा गलत हल्ला फैलाउने विरुद्द प्रतिवादमा उत्रिएका हुन् ।

बैकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षकीय दृष्टिकोणले समेत अब्बल रहेको जनाउँदै विज्ञप्तिमा नेपालका बैंक,वित्तीय संस्था तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको जनाइएको छ ।नेपालको बैंक तथा वित्तीय क्षेत्रमा नेपाल राष्ट्र बैंकले सूक्ष्म निगरानी गर्दै आएको छ । बैंकिङ्ग क्षेत्र नीति/नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रूपमा स्थापित भएको छ ।

‘बैंकिङ्ग क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको स्मरण गराउँदछौ ।’–विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना/समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij