नुवाकोट – नेकपा (माओवादी केन्द्र) शिवपुरी गाउँपालिका वडा नं. ६ कमिटिले आगलागी पिडित सिताराम बखतीलाई आर्थिक सहयोग गरेको छ ।
शिवपुरी वडा नं. ६ बगती टोल निवासी सिताराम बखतीको गत सोमबार आगलागी घरका खाद्यान्न तथा अन्य समान जलेर नष्ट भएपछि मानविय सहायताका लागि पार्टीले नगत २१ हजार सहयोग गरेको माओवादी केन्द्र शिवपुरीका युवा नेता महेश थापाले जानकारी दिए ।
अहिले आगलागी पिडित बखतीलाई आर्थिक तथा भौतिक सहयोगको खाँचो रहेको थापाले बताए । सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij