काठमाडौं – सरकारले स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित सिफारिस समितिले बिहीबार दरखास्त आह्वान गरेको हो । दरखास्तको सूचनामा अनुसार तोकिएको योग्यता र अनुभव भएकाले मन्त्रालयको आन्तरिक प्रशासन शाखामा आवेदन बुझाउन सक्नेछन् ।
बीमा बोर्डमा ३ महिनादेखि कार्यकारी निर्देशक पद रिक्त रहेको छ। डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल गत कात्तिक २५ गतेबाट पूरा भएको थियो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij