२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा फाइनान्सका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङ्ग पदमुक्त

पोखरा फाइनान्सका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङ्ग पदमुक्त

795
Shares

काठमाडौं -पछिल्लो समय समस्यामा रहेको पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख (सिइओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधबार साँझ केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औं सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै सञ्चालक समितिको निर्णयअनुसार संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई माघ २३ गतेदेखि लागूहुने गरी कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij