२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रवि लामिछानेलाई हिरासतमा राख्न चितवन अदालतको आदेश

रवि लामिछानेलाई हिरासतमा राख्न चितवन अदालतको आदेश

1.2K
Shares

चितवन – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेलाई  चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले लामिछानेकाे मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेकाे हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij