काठमाडौं –बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले घटेर २७११.४५ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
बुधबार ११३ कम्पनीको शेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ । ७ कम्पनिको शेयर मुल्यमा भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij