२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा ४.४५ अंकको गिरावट, ८ अर्ब ९५ करोडको कारोबार

शेयर बजारमा ४.४५ अंकको गिरावट, ८ अर्ब ९५ करोडको कारोबार

650
Shares

काठमाडौं – साताको चौथौ कारोबारका दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले घटेर  २७११.४५ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज बैंकिङ समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशतले शेयर मूल्य घटेको छ । फाइनान्स समूहको शेयर मूल्य ५.६७ प्रतिशतले बढेको छ ।

यसदिन ११३ कम्पनीको शेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ । ७ कम्पनिको शेयर मुल्यमा भने स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij