२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीवाइसी नेपाल लघुवित्तको नाफा बढ्यो

सीवाइसी नेपाल लघुवित्तको नाफा बढ्यो

520
Shares

काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु सबै बढेका छन् । यस अवधिमा खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले गत आवमा २ करोड १० लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ४ करोड ३१ लाख रुपैयाँ पुगेको हो। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो।

कम्पनीको सञ्चालन नाफा गत आवमा २ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा १३ करोड १८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको ईपीएस १५ रुपैयाँ ८४ पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ४० पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा छ भने खराब कर्जा ४ दशमलव ३५ प्रतिशत रहेको छ।

चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ६५ लाख रुपैयाँ र सञ्चित मुनाफा ५ करोड ७७ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ सापटी लिएर २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij