२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै

480
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार बजारमा अधिक तरलता भएसँगै बजारबाट ३५ अर्ब रुपैयाँ उठाउन लागेको हो ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रम कायम रहेसँगै नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

२० दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ३५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले फागुन १३ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij