काठमाडौं -लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.२७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ६.९० प्रतिशत र सञ्चालन मुनाफा २१.६६ प्रतिशत घटेको छ।
४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ अर्ब ६३ करोड ९५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब १६ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ७८ पैसा घटेर ७ रुपैयाँ ९७ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपा १४५.६१ गुणा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij