२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १४.०८ अकंले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार

नेप्से १४.०८ अकंले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार

450
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ ।

यसदिन ११ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको २.६० प्रतिशत, फाइनान्स समूहको १.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ७१ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।८ कम्पनिको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij