काठमाडौं –कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा ५ हजार ८ सय ७० कित्ता शेयर बिक्री गर्न लागिएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नगपोखरी अथवा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
साथै म्याद भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नआएमा संस्थापक भन्दा बाहिर शेयर बिक्री प्रक्रिया अगाडि बढाइने व्यहोर समेत सुचनामा उल्लेख छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij