काठमाडौं – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशत ले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेकोछ । नेपाल सरकारको खर्च रु.६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij