काठमाडौं – एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार विविन्न सेयरधनीहरूले ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् ।
खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । तोकिएको अवधिभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij