काठमाडौं– ‘जोय मोडल हन्ट नेपाल २०२५’ को अहिले सहबिधामा प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगीताको बुधबार द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्ड आयोजना भयो । जसमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे ।
यसका लागि सबिना श्रेष्ठ (अफिसियल फिटनेश कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर), मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ (वल्र्ड बडी विल्डिङ कम्पोटिसन सिल्भर मेडल विजेता), योगेश श्रेष्ठ (मिस्टर ग्लोबल २०२४), आकाश श्रेष्ठ (फिटनेस कोच) जजमा रहेका थिए । प्रतियोगीताको ड्रेस चाहि विरागोले डिजाइन गरेका हुन् ।
नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपाल सिजन ९ अर्थात ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ५० मोडल प्रतियोगी छन् । जसमा ३३ फिमेल रहेका छन् भने १७ मेल रहेका छन् ।
प्रतियोगीताको आगामी शनिबार टप मोडल राउण्ड आयोजना हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । प्रतियोगीताको फाइनल फेब्रुअरी ८मा आयोजना हँुदैछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij