काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ । मंगलबार सुन आज तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij