२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

1.5K
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो । उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत श्री रन्जु लम्सालले प्रस्तुतीकरण गर्नुभएको थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij