२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

1.3K
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले यो शेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन्।

शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।

तर संस्थापकलाई शेयर किन्न तोकिएको ३५ दिनभित्र आवेदन प्राप्त नभएमा वा पूरै शेयर बिक्री नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij