२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १०.४१ अकंले घट्यो, ९ अर्ब १२ करोडको कारोबार

नेप्से १०.४१ अकंले घट्यो, ९ अर्ब १२ करोडको कारोबार

640
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अकंले घटेर २६४३.९३ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हवजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबार ११६ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ । यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij