२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – प्राइम कमर्सियल बैंकको ५ लाख बढी कित्ता संस्थापक शेयर आज माघ १३ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीका साथै योग्य जोसुकै व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०७ रुपैयाँ तोकिएको छ। यसको मतलब खरिद आवेदन दिँदा लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति माघ २० गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij