काठमाडौं – बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ प्रतिस्पर्धीको परेको छ । अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। अर्थ मन्त्रालयका अनुसार शुक्रबार कार्यालय समय सकिँदासम्म उक्त संख्यामा आवेदन प्राप्त भएको हो ।
जस अनुसार बिहीबारसम्म प्राधिकरणको अध्यक्षका लागि ४ जना प्रतिस्पर्धीले मात्रै आवेदन दिएको भए पनि शुक्रवार ५ बजेसम्मको अवधिमा १२ जनाको आवेदन परेको स्रोतले जानकारी दियो ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।
अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij