२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

950
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । तर, बैंकले बिक्रीमा राखिएको शेयर संख्या र शेयर मूल्य भने खुलाएको छैन ।

यो शेयर हाल लघुवित्तमा कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त म्याद भित्र शेयर खरिदमा कुनै पनि निवेदन नआएमा प्रचलित कानून अनुसार प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij