काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा किनबेच भईरहेको छ । बिहीबारको चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij